इजरायली बसोबासकर्ताहरूद्वारा घर घेराबन्दी: पश्चिम किनारका प्यालेस्टिनीहरूलाई घर छाड्न आदेश

रामल्लाह इजरायलद्वारा कब्जा गरिएको पश्चिम किनार  को कुसरा  गाउँमा अतिवादी इजरायली बसोबासकर्ताहरूले प्यालेस्टिनी घरहरू घेराबन्दी गरेपछि उत्पन्न तनावका बीच इजरायली सेनाले स्थानीय प्यालेस्टिनी परिवारहरूलाई आफ्ना घर छाड्न आदेश दिएको छ।

बीबीसीका अनुसार विगत केही दिनदेखि कुसरा गाउँमा सशस्त्र इजरायली बसोबासकर्ताहरूले प्यालेस्टिनी परिवारहरूका घर घेरेर खानेपानी र बिजुलीको लाइन काटिदिनुका साथै सर्वसाधारणलाई बाहिर निस्कन रोकेका थिए। घेराबन्दी हटाउन भन्दै तैनाथ गरिएको इजरायली सेनाले उल्टै सुरक्षा सैन्य अभियानका नाममा प्यालेस्टिनीहरूलाई नै घर छाड्न निर्देशन दिएपछि स्थानीय बासिन्दाहरू थप त्रसित बनेका छन्।

कुसराका मेयर अबेद अल-अजेम वादीका अनुसार इजरायली सेनाले कम्तीमा तीनवटा प्यालेस्टिनी घरहरूमा आफ्ना टोलीहरू तैनाथ गरी कब्जामा लिएको छ। घेराबन्दीमा परेका प्यालेस्टिनी-अमेरिकी नागरिकका नातेदारहरूले घरभित्र खाद्यसामग्री र अत्यावश्यक वस्तुको अभाव भएको र बसोबासकर्ताहरूले निरन्तर ढुङ्गामुढा तथा आक्रमणको प्रयास गरिरहेको बताएका छन्।

यसैबीच, इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले बसोबासकर्ताहरूले चलाएको दिनौँ लामो घेराबन्दी र हिंसाको कडा भर्त्सना गर्दै यसलाई “एक डरलाग्दो आतङ्कवादी कृत्य”  को संज्ञा दिएका छन्।

इजरायली सेनाले भने गाउँमा सुरक्षा कायम गर्न र स्थानीयको सुरक्षाका लागि सैनिक तैनाथ गरिएको दाबी गरेको छ। इजरायली सरकारका प्रवक्ताले बसोबासकर्ताहरूको हिंसात्मक कदमलाई “अस्वीकार्य” भन्दै दोषीहरूमाथि छानबिन गरी कारबाही गरिने बताएका छन्।

गाजा युद्ध सुरु भएयता कब्जा गरिएको पश्चिम किनारमा इजरायली बसोबासकर्ताहरूले प्यालेस्टिनी गाउँहरूमाथि गर्ने आक्रमण, जग्गा कब्जा र विस्थापनको घटनामा तीव्र वृद्धि भएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x