प्रधानमन्त्रीलाई काँग्रेसको प्रश्न– ‘नेपालले भारतको भूमी कहाँ मिचेको हो ?’

काठमाडौं । नेपाली काँग्रेसकी मुख्य सचेतक वासना थापाले प्रधानमन्त्रीले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाएकी छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै मुख्य सचेतक थापाले नेपालले भारतको कुन भूमि मिचेको हो भन्नेबारे जानकारी दिनुपर्ने बताइन् । प्रधानमन्त्री बालेन्द्र साहले संसद्को रोष्ट्रममा उभिएर नेपालबाट पनि भारतको भूमि मिचिएको बताएका थिए ।

उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै थापाले त्यसको तथ्यगत आधार सार्वजनिक गर्न माग गरिन् । उनले प्रधानमन्त्रीको उक्त भनाइलाई गम्भीर र आपत्तिजनक विषय भएको बताउँदै तथ्य र प्रमाण भए संसद् तथा जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने उल्लेख गरिन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीज्युले भन्नुभएको थियो, नेपाल–भारत सीमा विवाद छन्, तर प्रधानमन्त्रीले नेपालबाट पनि भारतको भूमि मिचियो भन्नुभयो, यो कहाँनेर मिचिएको हो ? यो छिटोभन्दा छिटो हामीलाई पनि अवगत गराउनुपर्‍यो । यो गम्भीर र आपत्तिजनक विषय हो । प्रधानमन्त्रीले तथ्यविना दुई देशको सीमाबारे बोलेको कुरा सत्य हो भने प्रमाणसहित राखिनुपर्‍यो, यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् ।’

उनले दुई देशबीचको सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले तथ्यविनै बोलेको हो भने त्यो स्वीकार्य नहुने बताइन् । यदि प्रधानमन्त्रीको भनाइ सत्य हो भने त्यसको आधार प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x