हर्मुजमा बारुदी सुरुङ बिछ्याउनेमाथि आक्रमण गर्न अमेरिकी नौसेनालाई ट्रम्पको निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ मा बारुदी सुरुङ (माइन) राख्न खोज्ने जुनसुकै जहाज वा डुङ्गामाथि आक्रमण गर्न अमेरिकी नौसेनालाई निर्देशन दिएका छन्।

बिहीबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत राष्ट्रपति ट्रम्पले यस्तो आदेशको घोषणा गरेका हुन्। उनले लेखेका छन्, “मैले अमेरिकी नौसेनालाई स्ट्रेट अफ हर्मुजको जलमार्गमा बारुदी सुरुङ बिच्छ्याइरहेका साना-ठूला कुनै पनि डुङ्गालाई नष्ट गर्न आदेश दिएको छु।”

ट्रम्पले अमेरिकी माइन स्वीपरहरूले अहिले हर्मुज क्षेत्र सफा गरिरहेको जानकारी दिँदै अब कुनै पनि हिचकिचाहट नहुने स्पष्ट पारेका छन्।

यता, इरानले भने ट्रम्पको चेतावनीलाई बेवास्ता गर्दै जलमार्ग बन्द राख्ने आफ्नो अडान दोहोर्‍याएको छ। संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमा गरेको नाकाबन्दी नहटाएसम्म सिमितबाहेक अन्य जहाजका लागि यो रणनीतिक मार्ग बन्द रहने इरानको प्रतिबद्धता छ।

यसैबीच, इस्लामावादमा हुने भनिएको शान्ति वार्ता इरानको सहभागिता सुनिश्चित हुन नसक्दा अन्योलमा परेको छ। यो गतिरोधका कारण विश्व अर्थतन्त्रमा समेत नकारात्मक असर परिरहेको छ।

इरानको नेतृत्वप्रति कटाक्ष गर्दै ट्रम्पले भने, “इरानलाई उनीहरूको नेता को हो भनेर पत्ता लगाउन समेत गाह्रो भइरहेको छ।” उनले हर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गर्दै इरानले शान्ति सम्झौतामा सहमति नजनाएसम्म सो मार्ग नखोलिने अडान व्यक्त गरे।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x