एकै दिन सुन ५ हजार २०० र चाँदी २५० ले सस्तियो

काठमाडौँ, ११ असार — स्थानीय सुनचाँदी बजारमा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु पाँच हजार २०० र चाँदी २५० रुपैयाँले घटेको हो ।

आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ७८ हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु चार हजार २३५ निर्धारण गरिएको छ । महासंघले सार्वजनिक गरेको विवरणअनुसार बुधबार एक तोला सुन रु दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो भने चाँदी प्रतितोला रु चार हजार ४८५ मा खरिदबिक्री भएको थियो ।

मंगलबारको तुलनामा भने मूल्यमा झन् ठूलो अन्तर देखिन्छ । सो दिन सुन प्रतितोला रु दुई लाख ८७ हजार १०० र चाँदी प्रतितोला रु चार हजार ५९० मा कारोबार भएको थियो । यसअनुसार दुई दिनको अवधिमा सुन प्रतितोला रु आठ हजार ८०० र चाँदी रु ३५५ ले सस्तो भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ९९९ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x