फिलिपिन्समा फेरीमा भीषण आगलागी: मृतकको सङ्ख्या ७६ पुग्यो, १३ जना अझै बेपत्ता

मनिला । फिलिपिन्समा यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ। समुद्रबाट थप अवशेषहरू निकालिएसँगै शनिवार मृतकको सङ्ख्या बढेको हो भने १३ जना अझै बेपत्ता रहेका छन्।

राजधानी मनिलाबाट दक्षिणपश्चिमी पालावान प्रान्तको कोरोनतर्फ गइरहेको फेरीमा बुधबार राति आगलागी भएको थियो। सवार १३२ जनामध्ये ४३ जनालाई जीवितै उद्धार गरिएको छ। कार्गो होल्डबाट विस्फोटको आवाज आएपछि हावाका कारण आगो तीव्र रूपमा फैलिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

तटरक्षक बलका अनुसार जीवित उद्धार गरिएकाहरूको सूचीमा नाम नरहेका फेरीका कप्तानको खोजी भइरहेको छ। बहु-निकाय समुद्री सुरक्षा र आपराधिक अनुसन्धान टोलीले दुर्घटनाको कारण, कप्तान र चालक दलका सदस्यहरूको सम्भावित लापरवाही तथा सुरक्षा मापदण्ड पालना भए/नभएको विषयमा छानबिन सुरु गरेको छ।

हजारौँ टापुहरू रहेको फिलिपिन्समा फेरी यातायातको मुख्य साधन भए पनि कमजोर मर्मतसम्भार, ओभरलोडिङ र फितलो सुरक्षा नियमनका कारण यस्ता घातक समुद्री दुर्घटनाहरू बारम्बार हुने गरेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments