स्ट्रेट अफ होर्मुज विवाद: मानवीय र आर्थिक क्षतिपछि ढुवानीमा सुधारको सङ्केत

लण्डन। स्ट्रेट अफ होर्मुज जलमार्ग अवरुद्ध हुँदा १२५ अर्ब अमेरिकी डलर बराबरको सामान बोकेका एक हजार २०० भन्दा बढी मालवाहक जहाजहरू अलपत्र परेका थिए। फाइनान्सियल टाइम्सले बीमा कम्पनी ‘एलियान्ज’को प्रतिवेदनलाई उद्धृत गर्दै सो जानकारी दिएको हो।

एलियान्जका समुद्री प्रमुख जस्टस हेनरिकका अनुसार सो जलमार्गको अवरोधले बीमा कम्पनीहरूको जोखिम वहन गर्ने ढाँचामा परिवर्तन ल्याएको छ।

हाल संयुक्त राज्य अमेरिका र इरानबीच सहमति भएसँगै स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा आएको छ, जसले ढुवानीलाई सहज बनाएको छ। पछिल्लो तथ्याङ्कअनुसार एक साताको अवधिमा ६९ वटा जहाज खाडी क्षेत्रबाट बाहिरिएका छन्। अघिल्लो साता २४ वटा मात्र जहाज बाहिरिएका थिए। फेब्रुअरीमा द्वन्द्व सुरु भएयताकै यो सबैभन्दा बढी साप्ताहिक ढुवानी हो।

यस द्वन्द्वले ठूलो आर्थिक नोक्सानी मात्र नभई मानवीय क्षति पनि निम्त्याएको छ। अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठनका अनुसार द्वन्द्वका क्रममा १४ जना चालक दलका सदस्यको मृत्यु भएको छ भने ४० भन्दा बढी जहाजमा क्षेप्यास्त्र आक्रमण भएको छ। लामो समय समुद्रमा फस्दा चालक दलका सदस्यहरू मनोवैज्ञानिक संकटको सामना गर्न बाध्य भएका थिए।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x