कोराला नाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व सङ्कलन: भोटेकोशी बाढीपछि मुस्ताङ नाकामा व्यापार बढ्यो

मुस्ताङ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी-केरुङ नाका पूर्ण रूपमा ठप्प भएपछि मुस्ताङको कोराला नाकाबाट चिनियाँ सामग्रीको आयात उल्लेख्य रूपमा बढेको छ। लोमान्थाङ-४ नेचुङस्थित नेपाल-चीन भन्सार कार्यालयले पछिल्लो १५ दिनमा रु १ अर्ब ७८ करोड राजस्व सङ्कलन गरेको छ।

भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी नाका बन्द भएपछि कोराला नाका हुँदै नेपाल भित्रिने चिनियाँ सवारी साधन र मालवाहक कन्टेनरको सङ्ख्यामा वृद्धि भएको हो। गत शुक्रबार मात्रै मुस्ताङ भन्सारले एकै दिन रु २७ करोड राजस्व सङ्कलन गरेको थियो। भदौ २१ (सेप्टेम्बर ७) देखि नाकामा दैनिक औसत रु ३० करोडसम्म राजस्व उठ्ने अनुमान गरिएको छ।

शुक्रबार एकै दिन ७१ वटा कन्टेनर र १०६ वटा विद्युतीय सवारी साधन (EV) को भन्सार जाँचपास गरी विभिन्न गन्तव्यतर्फ पठाइएको थियो। रसुवागढी नाका बन्द भएयता कोराला नाकाबाट नेपाल भित्रिएका कुल ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारी साधनको सफलतापूर्वक भन्सार जाँचपास भइसकेको भन्सार कार्यालयले जनाएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x