हन्ता भाइरस : अमेरिकी यात्रुहरू स्वदेश फर्किँदै, एक जनामा सङ्क्रमण पुष्टि

वासिङ्टन । स्पेनको क्यानरी टापुमा हन्ता भाइरसबाट प्रभावित क्रुज जहाजमा सवार १७ अमेरिकी नागरिकलाई स्वदेश फिर्ता गरिँदै छ। तीमध्ये एक जनामा एन्डिज भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने अर्कोमा हल्का लक्षण देखिएको छ।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एक यात्रुमा हाल हल्का लक्षणहरू भेटिएका छन् र अर्को यात्रुमा एन्डिज भाइरसको हल्का सङ्क्रमण पुष्टि गरिएको छ।”

दुवै प्रभावित यात्रु फिर्ती उडानको क्रममा विमानको ‘बायोकन्टेनमेन्ट युनिट’मा राखिएका छन्। मन्त्रालयका अनुसार अमेरिका अवतरणपछि सङ्क्रमण पुष्टि भएका यात्रुलाई नेब्रास्कास्थित विशेष उपचार केन्द्रमा लगिनेछ भने हल्का लक्षण भएका यात्रुलाई छुट्टै केन्द्रमा राखिनेछ।

मन्त्रालयले थपेको छ, आगमनपछि प्रत्येक यात्रुको क्लिनिकल मूल्याङ्कन गरिनेछ र तिनको स्वास्थ्य अवस्थाअनुसार उपचार र हेरचाहको व्यवस्था मिलाइनेछ।

यी यात्रुहरू ‘एमभी होन्डियस’ क्रुज जहाजमा सवार थिए, जो अर्जेन्टिनाबाट छुटेको थियो। यसअघि नै उक्त जहाजमा हन्ता भाइरस सङ्क्रमित तीन यात्रुको मृत्यु भइसकेको छ। थप केही यात्रुमा पनि यो दुर्लभ भाइरसको उपस्थिति पुष्टि भएको थियो। हन्ता भाइरस सामान्यतया मुसाजस्ता कृन्तक जनावरबाट मानिसमा सर्छ। यो रोग दुर्लभ भए पनि गम्भीर हुन सक्छ र समयमै उपचार नभए घातक साबित हुन सक्छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x