अमेरिका–इरान अप्रत्यक्ष संवाद: पाकिस्तानद्वारा इरानको प्रतिक्रिया वासिङ्टन पठाइयो

इस्लामावाद । अमेरिकाले अघि सारेको प्रस्तावमाथि इरानले दिएको प्रतिक्रिया पाकिस्तानले प्राप्त गरी कूटनीतिक माध्यमबाट वासिङ्टनलाई जानकारी गराएको छ। पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाए अनुसार, हाल संयुक्त राज्य अमेरिकाले इरानको सो प्रतिक्रियाको समीक्षा गरिरहेको छ र वासिङ्टनबाट आधिकारिक जवाफ आउन बाँकी छ।

तेहरान र वासिङ्टनबीच क्षेत्रीय तनाव कम गर्ने र कूटनीतिक निकास खोज्ने उद्देश्यका साथ जारी अप्रत्यक्ष सम्पर्कको शृङ्खलामा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ। इरानी अधिकारीहरूले विगतदेखि नै अमेरिकासँग प्रत्यक्ष वार्ता गर्नुको सट्टा तेस्रो पक्षमार्फत सञ्चार गरिरहेको स्पष्ट पार्दै आएका छन्।

गएको फेब्रुअरी २८ मा सुरु भएको द्वन्द्व अन्त्यका लागि दुवै देशले विभिन्न चरणमा प्रस्तावहरू आदानप्रदान गरिरहेका छन्। अप्रिल ८ देखि जारी युद्धविरामको अवधिमा दुवै पक्षबीच अहिलेसम्म एक चरणको औपचारिक वार्ता सम्पन्न भइसकेको छ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सोमबार आयोजित पत्रकार सम्मेलनमा वार्ताको सहजीकरणबारे पुष्टि गरेका छन्। उनले भने, “हामीले हिजो घोषणा गरेजस्तै हाम्रो चासो अमेरिकी पक्षलाई अवगत गराएका छौँ।”

विदेश मन्त्रालयका प्रवक्ता बकाईले विदेशमा रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा हुनुपर्ने र लामो समयदेखि कायम प्रतिबन्धहरू हटाइनुपर्ने तेहरानको अडानको बचाउ गरे। “उठाइएका बुँदाहरू इरानका मागहरू हुन्, जसलाई इरानको वार्ता टोलीले हरेक चरणको वार्तामा दृढतापूर्वक बचाउ गरेको छ,” बकाईले पत्रकार सम्मेलनमा भने।

उनले इरान र अमेरिकाबीचको पछिल्लो द्वन्द्वलाई ‘गैरकानुनी र आधारहीन’ संज्ञा दिँदै अमेरिकाले युद्धको क्षतिपूर्ति दिनुपर्ने इरानको सर्त उचित रहेको टिप्पणी गरे। दुई देशबीच फेरि हुन सक्ने सम्भावित सैन्य मुठभेडको विषयमा बोल्दै प्रवक्ता बकाईले इरान जुनसुकै परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहेको चेतावनी समेत दिए।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x