फुटपाथमा पुस्तक बिक्री नगर्न महावीर पुनलाई पोखराका मेयरको आग्रह

काठमाडौं । पोखराका मेयर धनराज आचार्यले डा. महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न आग्रह गरेका छन् । उनले पुस्तक बिक्रीलाई व्यवस्थित बनाउन नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनलाई पुस्तक व्यवसायी महासंघमार्फत सहकार्य गर्न प्रस्तावसमेत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत स्ट्याटस लेख्दै आचार्यले नवप्रवर्तन र अनुसन्धानको अभियानका लागि देशभरि घुमेर पुस्तक बिक्री गर्दै जनसमर्थन जुटाउने पुनकाे कार्य सराहनीय रहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘बिना दर्ता वा आवश्यक अनुमतिबीना कुनै पनि वस्तुको बिक्री–वितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्छ भन्ने कुरा तपाईंलाई अवगत नै छ। पछिल्ला केही दिनमा सडकमा उभिएर पुस्तक बिक्री गर्दा यातायातमा असहजता भएको तथा केही अनावश्यक सवाल–जवाफ भएको देखिएको छ, जुन तपाईं जस्तो सम्मानित व्यक्तित्वलाई सुहाउने अवस्था होइन । यदि तपाईं पोखरा आउने समय दिनुहुन्छ भने, पुस्तक व्यवसायी महासंघमार्फत तपाईंलाई सहज र उपयुक्त स्थान उपलब्ध गराई पुस्तक बिक्री–वितरणमा सहयोग गर्न सकिनेछ।’

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x