हर्मुज जलडमरूमध्य चाँडै नखुलिए इरानमाथि ‘अझ कडा प्रहार’ गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन डीसी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य (Strait of Hormuz) चाँडै नखुलिए इरानमाथि अझ कडा सैन्य प्रहार गरिने चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिरहेका बेला अमेरिकी राष्ट्रपतिको यस्तो कडा अभिव्यक्ति सार्वजनिक भएको हो।

अमेरिकी टेलिभिजन च्यानल ‘फक्स न्युज’ सँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले हर्मुज जलडमरूमध्यमार्फत व्यापारिक जलपोतहरूको आवतजावत चाँडै सुचारु नभए इरानले गम्भीर परिणाम भोग्नुपर्ने बताएका हुन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले जारी वार्ता सकारात्मकतातर्फ अघि बढेको र केही दिनभित्रै जलमार्ग पुन: सञ्चालनमा आउन सक्ने सङ्केत गरेकै समयमा ट्रम्पको यो भनाइ आएको हो।

जलमार्ग खुल्ने र सम्झौता हुन सक्ने आशाका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा झन्डै ५ प्रतिशतसम्मको गिरावट आएको छ। बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रतिबैरल ८० डलरभन्दा तल ओर्लिएको छ।

विश्वको कुल खनिज तेल आपूर्तिमध्ये करिब पाँचौँ भाग यही हर्मुज जलडमरूमध्य भएर गन्तव्यतर्फ पठाउने गरिन्छ। उक्त जलमार्ग बन्द हुँदा विश्वव्यापी ऊर्जा संकट र मूल्यवृद्धि (इन्फ्लेसन) को जोखिम बढेको छ।

अमेरिकी अधिकारीहरूले कुटनीतिक माध्यमबाट समस्या समाधानको प्रयास भइरहेको बताए पनि राष्ट्रपति ट्रम्पले भने जलमार्ग पूर्ण रूपमा खुला नगरिए कडा सैन्य कदम चाल्न अमेरिका पछि नहट्ने स्पष्ट पारेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x