बागमती प्रदेश मुख्यमन्त्री इन्द्र बानियाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँका निवास तथा कार्यस्थलहरूमा सम्पत्ति शुद्धीकरणसम्बन्धी निकायले अनुसन्धानका क्रममा छापा मारेको छ।

सम्बन्धित निकायले ‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँमाथि अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको आशंकामा प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ।

स्रोतका अनुसार अनुसन्धान टोलीले काठमाडौँको नक्साल र सुन्धारामा रहेका कार्यालयसँगै हेटौँडास्थित कार्यालय तथा निवासमा समेत एकै पटक छापा सञ्चालन गरेको हो।

अनुसन्धानको क्रममा उनलाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको जनाइएको छ। यसका लागि आवश्यक कानुनी परामर्श समेत भइरहेको स्रोतको भनाइ छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x