इजरायल-लेबनान शान्ति वार्ताको अर्को चरण इटलीको रोममा हुने

वासिङ्टन । इजरायल र लेबनानबीचको आगामी चरणको वार्ता आगामी अगस्ट ४ देखि ६ सम्म इटलीको रोममा हुने अमेरिकी विदेश मन्त्रालयले सोमबार जनाएको छ।

अमेरिकाको मध्यस्थतामा हुने यो वार्ता इजरायल-लेबनान खाका सम्झौता (Framework Agreement) को पूर्ण कार्यान्वयनमा केन्द्रित हुनेछ। एएफपीले अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार वार्तामा ‘पाइलट जोन’ प्रक्रियाको विस्तार, बाँकी रहेका सीमा विवादको समाधान र व्यापक शान्ति तथा सुरक्षा सम्झौतातर्फ अघि बढ्ने विषयमा छलफल हुनेछ।

गत मार्च २ मा इजरायल र हिजबुल्लाहबीच युद्ध भड्किएपछि द्वन्द्व अन्त्यको आह्वान गर्दै यो खाका सम्झौता तयार पारिएको थियो। सम्झौता अनुसार दक्षिण लेबनानका दुई ‘पाइलट जोन’ बाट इजरायली सेना क्रमिक रूपमा हट्नुपर्ने र ती क्षेत्रमा लेबनानी सेना तैनाथ हुनुपर्ने प्रावधान रहेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x