इरानमाथि अमेरिकी सेनाको लगातार ११ औँ रात हवाई आक्रमण: सैन्य तथा पूर्वाधार संरचनाहरू लक्षित

अमेरिकी । अमेरिकी Central Command (CENTCOM) ले होर्मुज जलडमरूमा व्यावसायिक जहाजी आवागमन सुरक्षित गर्ने उद्देश्यले इरानका विभिन्न सैन्य क्षेत्रहरूमा लगातार ११ औँ रात पनि हवाई आक्रमण गरेको जनाएको छ। मंगलबार बेलुकी (पूर्वीय समयअनुसार) सम्पन्न उक्त कारबाहीमा इरानी सैन्य सञ्चालन केन्द्र, नौसैनिक क्षमता, विमान ह्याङ्गर, ड्रोन भण्डारण स्थल र सैन्य लजिस्टिक पूर्वाधारहरूलाई निशाना बनाइएको छ।

CENTCOM का अनुसार इरानले पछिल्लो तीन महिनामा सो रणनीतिक जलमार्ग भई जाने ३० भन्दा बढी व्यावसायिक जहाजहरूमाथि बिनाकारण आक्रमण गरी नागरिक नाविकहरूको ज्यान जोखिममा पारेको थियो। यद्यपि, इरानी आक्रमणका बाबजुद होर्मुज जलडमरू खुला रहेको र मे महिनाको सुरुदेखि अमेरिकी सेनाले करिब ४५ करोड ब्यारेल कच्चा तेल बोकेका ९०० व्यावसायिक जहाजलाई सो मार्गबाट आउजाउ गर्न सहयोग गरेको बताइएको छ।

यसैबीच इरानी सरकारी सञ्चारमाध्यम IRIB ले अमेरिकी घोषणापछि देशका विभिन्न भागमा श्रृङ्खलाबद्ध विस्फोटका आवाज सुनिएको पुष्टि गरेको छ। इलाम प्रान्तको चावार र अब्दानान, कुर्दिस्तान प्रान्तको बानेह तथा हमदान प्रान्तको काबुदार आहाङ्ग क्षेत्रमा प्रहार भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। यसैगरी खुजेस्तान प्रान्तको महशहर, बेहबहान र ओमिदिएह, पूर्वी अजरबैजानको तबरिज तथा दक्षिण-पूर्वी क्षेत्र चाबहार र कोनारक क्षेत्रमा समेत आक्रमण भएको रिपोर्ट गरिएको छ।

गत महिना हस्ताक्षर भएको १४ बुँदे शान्ति समझदारी पत्र (MoU) भङ्ग भएपछि अमेरिका र इरानबीचको सैन्य मुठभेड पुनः चर्किएको हो। उक्त समझदारी भङ्ग भएसँगै मध्यपूर्वी क्षेत्रमा तनाव तीव्र बनेको छ, जहाँ अमेरिकाले इरानी सैन्य अखडाहरूलाई निशाना बनाइरहेको छ भने इरानले पनि खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा जवाफी प्रहार जारी राखेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x