रवि लामिछानेको मुद्दा आज पनि हेर्दा हेर्दैमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलाले हेर्दाहेर्दैमा राखेको हो। यसअघि पनि यो रिटमा मंगलबार बहस नसकिएपछि आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

आज रिट निवेदकका तर्फबाट बहस भएको थियो। यस रिटमा दुई सातादेखि लगातार सुनुवाइ हुँदै आएको छ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेकी थिइन्। त्यो निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका हुन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x