पराजयको जिम्मेवारी नेतृत्वले लिनुपर्छ: विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको पछिल्लो पराजय र क्षतिका लागि नेतृत्व स्वयं जिम्मेवार हुनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा जारी वक्तव्यमा उनले विगतको सफलताजस्तै असफलताको जिम्मेवारी पनि नेतृत्वले लिनुपर्ने स्पष्ट पारेका हुन् ।

पौडेलले कम्युनिस्ट आन्दोलनले स्थापना कालदेखि लोकतान्त्रिक शासन, सामाजिक न्याय र समाजवादको लक्ष्यसहित महत्वपूर्ण उपलब्धि हासिल गरे पनि ठूलो क्षति समेत बेहोरेको बताए ।

उनका अनुसार पछिल्लो आम निर्वाचनमा पार्टीले गम्भीर धक्का बेहोर्नु, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये ९ र कुल २७५ मध्ये २५ सिटमा सीमित हुनु पार्टीका लागि ठूलो चेतावनी भएको उल्लेख गरेका छन् ।

“हिजोको सफलतामा हाम्रो योगदान र योग्यताको निर्णायक भूमिका थियो भने आजको असफलता र पराजयमा पनि हाम्रै गल्ती, कमजोरी र अयोग्यताको भूमिका छ,” उनले भनेका छन् ।

पौडेलले अब ढिलाइ नगरी पार्टीभित्रको नीति, नेतृत्व, संगठन र कार्यशैलीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । गल्तीहरू स्वीकार गर्दै सुधार गर्न र समग्र पार्टी पुनर्गठनतर्फ अघि बढ्नुपर्ने उनको जोड छ । “हामीले उपलब्धिको जस लिएजसरी नै पराजय र क्षतिको जिम्मेवारी पनि लिनुपर्छ,” उनले भनेका छन् ।

स्थापना दिवसको अवसरमा उनले एमालेलाई पुनः लोकप्रिय, गतिशील र देशको नेतृत्व गर्ने शक्तिमा रूपान्तरण गर्ने सङ्कल्प गर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x