बाढीको चार दिनपछि माटोमुनिबाट सात वर्षीया बालिका जीवित उद्धार

रसुवा । भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमुनि पुरिएकी सात वर्षीया बालिका शिरगङ्गा इचाई मगर आज दिउँसो जीवितै उद्धार भएकी छन्।

सशस्त्र प्रहरी बलको २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिकालाई उद्धार गरेको उद्धारमा संलग्न प्रहरीले जनाएका छन्। गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टरमार्फत रसुवा जिल्ला अस्पताल धुन्चे पुर्‍याइएको थियो।

धुन्चे अस्पतालका वरिष्ठ सर्जन डा. सुनीलकुमार दासका अनुसार बालिकाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि उनलाई शिक्षण अस्पताल महाराजगन्जमा रिफर गरिएको छ।

सशस्त्र प्रहरी निरीक्षक सोम गुरुङका अनुसार घाइते बालिकाकी आमा गीता इचाई मगर र बुबा लोकबहादुर उचाई पनि सोही स्थानबाट उद्धार गरिएका थिए। अर्घाखाँची स्थायी घर भई हाल ग्लोबल आइएमई बैंकको टिमुरे शाखामा कार्यरत गीता र उनका पति लोकबहादुरलाई यसअघि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको थियो।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x