चालू आवको १० महिनामा १९ खर्ब १६ अर्ब नाघ्यो रेमिट्यान्स

काठमाडौँ। चालू आर्थिक वर्षको पहिलो १० महिनामा नेपाल भित्रिने रेमिट्यान्समा उच्च वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार साउनदेखि वैशाखसम्म विप्रेषण आप्रवाह अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१।२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको हो।

गत आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स वृद्धिदर १३।३ प्रतिशत रहेको थियो। यसले चालू आवमा विप्रेषण आप्रवाहको विस्तार उल्लेख्य रूपमा तीव्र भएको संकेत गरेको छ।

तथ्यांकअनुसार २०८३ साल वैशाख महिनामा मात्र २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो।

अमेरिकी डलरमा गणना गर्दा पनि विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको देखिएको छ। चालू आवको १० महिनामा डलरमा प्राप्त रेमिट्यान्स ३३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड पुगेको छ। गत वर्ष यही अवधिमा यसको वृद्धिदर १०.६ प्रतिशत थियो।

यसै अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षको समान अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रुपैयाँ रहेको थियो।

वैदेशिक रोजगारीसँग सम्बन्धित सूचकांकले पनि श्रम बजारको अवस्था देखाएको छ। चालू आवको साउनदेखि वैशाखसम्म संस्थागत तथा व्यक्तिगत दुवै माध्यमबाट अन्तिम श्रम स्वीकृति लिने नयाँ कामदारको संख्या ३ लाख ३५ हजार ५१० पुगेको छ भने पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख २६ हजार ३६४ रहेको छ।

तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको थियो।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x