वासिङ्टनसँग ‘युद्ध वा सम्झौता’ बाहेक विकल्प नरहेको इरानी सेनाको दाबी

तेहरान ।  इरानको सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाका सामु अब युद्ध वा सम्झौतामध्ये एक रोज्नुपर्ने दुई मात्र विकल्प बाँकी रहेको दाबी गरेको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै आईआरजीसीको गुप्तचर एकाइले वासिङ्टनको निर्णय लिने दायरा निकै साँघुरो भएको उल्लेख गरेको हो।

रिभोलुसनरी गार्ड्सले सामाजिक सञ्जाल एक्स (X) मार्फत एक पोस्ट सार्वजनिक गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब इरानसँग ‘असम्भव सैन्य अभियान’ वा ‘खराब सम्झौता’ मध्ये एउटा बाटो रोज्नुपर्ने परिस्थिति निर्माण भएको दाबी गरेको छ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरानले इरानी बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी अन्त्य गर्न अमेरिकी सेनालाई समयसीमा समेत तोकेको छ। यद्यपि, उक्त समयसीमाको निश्चित मिति भने सार्वजनिक गरिएको छैन।आईआरजीसीले पछिल्लो समय अमेरिकाविरुद्ध चीन, रुस र युरोपको अडानमा आएको परिवर्तनलाई आफ्नो रणनीतिक जितका रूपमा प्रस्तुत गरेको छ। “यी सबै घटनाक्रमलाई मध्यनजर गर्दा अब अमेरिकासँग निर्णय लिनका लागि अत्यन्तै सीमित र कठिन विकल्पहरू मात्र बाँकी छन्,” सैन्य संगठनद्वारा जारी दाबीमा भनिएको छ।

इरान र अमेरिकाबीच विशेष गरी स्ट्रेट अफ हर्मुज र बन्दरगाह क्षेत्रमा बढ्दो तनावका बीच इरानी सेनाको यो भनाइ सार्वजनिक भएको हो। अमेरिकाले इरानमाथि लगाएको आर्थिक प्रतिबन्ध र सैन्य दबाबको जवाफमा तेहरानले पछिल्लो समय आक्रामक रणनीति अख्तियार गर्दै आएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x