परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। भारतीय विदेश मन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा भएको भ्रमणअन्तर्गत मन्त्री खनाल शुक्रबार नयाँ दिल्ली पुगेका हुन्।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका लागि नेपाली नियोगका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका थिए।

भ्रमणका क्रममा मन्त्री खनालले भारतीय समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने तथा अन्य उच्चस्तरीय भेटघाटमा समेत सहभागी हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि पाँच दिने भारत भ्रमण पूरा गरी शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री डा. एस. जयशंकर, गृहमन्त्री अमित शाह तथा भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूसँग भेटवार्ता गरेको जनाइएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x