ओमानमाथि नेपालको शानदार जित, गुल्शनले लिए ५ विकेट

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ ।

आज भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली जित दर्ता गरेको हो । नेपालका अलराउन्डर गुल्शन झाले शानदार बलिङ गर्दै ५ विकेट लिएपछि ओमान ३९.५ ओभरमै अलआउट भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई २ सय ५७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको ओमानले १ सय ७५ रन मात्र बनाउन सक्यो ।

नेपालको जितमा ब्याटिङ र बलिङ दुवै पक्षको सन्तुलित प्रदर्शन निर्णायक बन्यो ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x