प्रधानमन्त्री अनुपस्थित भएपछि राज्य व्यवस्था समितिको बैठक काँग्रेसद्वारा बहिष्कार

काठमाडौँ । प्रधानमन्त्री तथा गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका वालेन्द्र शाह (बालेन) लगातार दोस्रो पटक राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैठक बहिष्कार गरेको छ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा काँग्रेसका तर्फबाट सहभागी हुने सांसदहरू अनुपस्थित रहेका थिए। बैठकमा काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निष्कल राई तथा सांसद अर्जुननरसिंह केसी र रेखाकुमारी यादव सहभागी भएनन्।

काँग्रेसले सुकुम्वासी बस्ती हटाउने कार्य, सुरक्षा प्रशासन तथा गृह प्रशासनसँग सम्बन्धित समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष जवाफ माग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनको अनुपस्थितिप्रति असन्तुष्टि जनाएको छ।

काँग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्री उपस्थित नभएसम्म बैठकको सार्थकता नदेखिएको बताएका छन्। उनले समिति सभापति हरि ढकाललाई प्रधानमन्त्री सहभागी हुने सुनिश्चितता भएपछि मात्रै बैठकबारे जानकारी गराउन आग्रह गरिएको जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन सभापतिसमक्ष पटक-पटक अनुरोध गरिएको थियो। प्रधानमन्त्रीको अनुपस्थितिका कारण समितिको कामकारबाही पुनः प्रभावित भएको जनाइएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x