स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु दुई हजार ९०० ले घटेर रु दुई लाख ८५ हजार ६०० मा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु १०० ले घटेर रु चार हजार ८२० मा सीमित भएको छ।
हिजो बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार ५०० र चाँदीको मूल्य रु चार हजार ८२० मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्वबजारमा एक औँस सुन पाँच हजार १७० अमेरिकी डलर र एक औँस चाँदी ८५ डलरमा कारोबार भइरहेको छ।








