श्रम संस्कृति पार्टी-सुदन किराँती समूहबीच एकता

काठमाडौँ । श्रम संस्कृति पार्टी र सुदन किराँती समूहबीच संगठनात्मक एकता भएपछि पार्टी संरचनाभित्र विभिन्न तहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारी औपचारिक रूपमा बाँडफाँट गरिएको छ।

नयाँ सहमति अनुसार सुदन किराँती लाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ। त्यसैगरी प्रकाश विकल्प उपाध्यक्ष र टीकाराम राई सचिव पदमा चयन भएका छन्। पार्टी पुनर्गठनपछि विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी १८ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरिएको छ।

केन्द्रीय सदस्यहरूमा बी श्रेष्ठ (भक्तपुर), दीपेन्द्र वान्तावा (संखुवासभा), पुरन्जन राई (काठमाडौं), लालध्वज नेम्वाङ (पाँचथर), हेमन्त राई (भोजपुर), जनक गिरि (उदयपुर), सालिक राई (धरान), डा. संगम खैंजु (भक्तपुर), कनकाईष्ट राई (खोटाङ), सरिता राई (ललितपुर), राकेश किराँती (उदयपुर), अमित राई (ललितपुर), साराधा भट्टराई (ओखलढुंगा), प्रमीला राई (खोटाङ) र ताजिना विष्ट (इटहरी) रहेका छन्।

पार्टी नेतृत्वका अनुसार संगठन विस्तार, समन्वय र क्षेत्रीय प्रतिनिधित्व सन्तुलित बनाउन जिम्मेवारी पुनः वितरण गरिएको हो।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x