काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ ।
यहाँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ ।
भारतका विदेशमन्त्री डा जयशङ्करद्वारा परराष्ट्रमन्त्री खनाललाई बधाई
भारतका विदेशमन्त्री डा एस जयशङ्करले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।
विदेशमन्त्री डा जयशङ्करले आज सामाजिक सञ्जालमार्फत उनलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै द्विपक्षीय परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउन उनिसँग नजिकबाट सहकार्य गर्न आतुर रहेको उल्लेख गरे ।








