महाधिवेशनअघि एकताको प्रयास: थापासँग छलफल गर्ने देउवा

काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको दूरी कम गर्दै एकताको वातावरण बनाउन सभापति गगन थापासँग छलफल गर्ने बताएका छन् ।
आइतबार बिहान आफ्नै निवासमा डडेल्धुराका कांग्रेसका पूर्वसभापति कर्ण मल्लसँग भएको भेटमा देउवाले यस्तो धारणा राखेको मल्लले जानकारी दिएका छन् । उपचारपछि स्वदेश फर्किएका देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आफू भेट्न पुगेको मल्लको भनाइ छ ।
भेटका क्रममा मल्लले कांग्रेसलाई आगामी १५औँ महाधिवेशनतर्फ लैजाँदा देउवाले अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावप्रति देउवा सकारात्मक देखिएको मल्लले बताएका छन् ।
पार्टीभित्रको एकता कायम गर्न सभापति थापासँग संवाद गर्ने आश्वासन देउवाले दिएको मल्लको भनाइ छ । नेतृत्व तहमा आपसी समझदारी कायम गर्दै पार्टीलाई महाधिवेशनतर्फ लैजानुपर्ने विषयमा भेटमा छलफल भएको जनाइएको छ ।
डडेलधुरामा दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका मल्ल पछिल्लो समय देउवासँग राजनीतिक रूपमा दूरी रहेका थिए । पछिल्लो भेटलाई भने उनीहरूबीच संवाद पुनः सुरु भएको घटनाका रूपमा हेरिएको छ ।
कांग्रेसमा आगामी महाधिवेशन, नेतृत्व व्यवस्थापन र पार्टीभित्रको एकताका विषयमा बहस चलिरहेका बेला देउवा र मल्लबीचको भेट तथा सभापति थापासँग संवाद गर्ने देउवाको भनाइ सार्वजनिक भएको हो ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x