बैतडीमा गत आवमा सवारी कारबाहीबाट झन्डै १३ लाख राजस्व संकलन, दुर्घटनामा ३४ जनाको मृत्यु

बैतडी । सवारी नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले गत आर्थिक वर्षमा १२ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

वर्षभरि गरिएका विभिन्न चेकजाँचका क्रममा नियम विपरीत चलेका १ हजार ५०८ वटा सवारीसाधनलाई कारबाही गरी उक्त रकम असुल गरिएको हो।

कारबाहीमा पर्नेमा सबैभन्दा बढी जिप, कार र भ्यान रहेका छन्। ट्राफिक प्रहरी प्रवक्ता सुरज सिंहका अनुसार ७५४ वटा जिप, कार र भ्यान, ३५१ मोटरसाइकल, १७० ट्रक तथा ट्याङ्कर, १२३ टेम्पो, ९१ ट्र्याक्टर र १९ वटा बस तथा मिनिबसलाई कारबाही गरिएको हो।

सोही अवधिमा जिल्लाभित्र ६२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनाहरूमा परी ३४ जनाको ज्यान गएको छ भने १७६ जना घाइते भएका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x