युद्धविराम भयो, तर लेबनानका बालबालिकाको मृत्यु रोकिएन

बेरुत । युद्धविराम सम्झौता लागु भएको बाबजुद गत हप्ता मात्रै लेबनानमा कम्तिमा ५९ बालबालिका युद्धको मारमा परेको संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ) ले जनाएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल १६ र १७ को मध्यरातमा युद्धविराम लागु भएदेखि कम्तिमा २३ बच्चाको मृत्यु भएको छ भने ९३ घाइते भएका छन्। मार्च २ देखिको तथ्यांक हेर्दा यो संख्या झन् भयावह छ — २०० बालबालिकाको ज्यान गइसकेको छ र ८०६ जना घाइते भएका छन्।

बुधबार दक्षिणी र मध्य लेबनानमा भएको इजरायली आक्रमणमा महिला तथा बालबालिका सहित कम्तिमा ३३ जनाको मृत्यु भएको लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र र स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

मध्यपूर्व र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्ड बेगबेडरले यो अवस्थालाई गम्भीर रूपमा लिएका छन्। महिनौंको त्रासदीपछि बालबालिकाहरू भर्खरै कक्षाकोठामा फर्कन थालेका थिए, साथीहरूसँग खेल्न थालेका थिए, तर त्यही क्रममा द्वन्द्वको सिकार हुन पुगे भनी उनले बताए। हिंसा रोक्ने उद्देश्यले गरिएको युद्धविराम सम्झौताको बाबजुद बालबालिकाले बारम्बार आक्रमण र आघात भोग्नु परिरहेको भन्दै यसको परिणाम दीर्घकालीन हुन सक्ने उनले चेतावनी दिए।

युनिसेफले यसैबीच अर्को गम्भीर तथ्य सार्वजनिक गरेको छ। लेबनानमा सात लाख ७० हजारभन्दा बढी बालबालिका हिंसा, विस्थापन र हानिको बारम्बार जोखिमका कारण बढ्दो मनोवैज्ञानिक संकटको सामना गरिरहेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x