नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग बिहीबार नेपालका लागि कतारका राजदूत मोहम्मद अल अन्सारीले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच आपसी हितका विविध क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विशेषगरी उहाँहरूबीच श्रम आप्रवासन, जलविद्युत् र कृषिमा साझेदारी, पर्यटन प्रवद्र्धन तथा लगानी विस्तारका विषयमा छलफल भएको थियो । साथै नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने सम्बन्धमा पनि विभिन्न पक्षमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x