नेपालबाट मध्यपूर्वी देश जानेभन्दा फर्कने धेरै

काठमाडौँ । पछिल्लो एक साता नेपालबाट मध्यपूर्वका विभिन्न देश जानेभन्दा उताबाट फर्कने यात्रु संख्या धेरै छ । इजरायल र अमेरकिाले केही सातादेखि इरानमा आक्रमण गरेपछि इरानको जवाफी हमलापछि मध्यपूर्वका देशहरूमा द्वन्द्व जारी छ ।

खाडी देशहरूमा तनाव हुँदा हवाई उडान अस्तव्यस्त भएको छ । जसका कारण लाखौं यात्रु गन्तव्य पुग्न र स्वदेश फर्किन पाएका छैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार २० फागुनयता मध्यपूर्वका देशहरूबाट ३ हजार ६ सय ४९ यात्रु नेपाल आएका छन् ।

नेपालबाट भने २ हजार २८ जना गएका छन । यसबीच फ्लाइ दुबई, एयर अरेबिया, हिमालय एयरलाइन्स सहित वायुसेवा कम्पनीले आबुधाबी, सारजहाँ, दुबई लगायत गन्तव्यमा छिटपुट उडान गरिरहेका छन ।

यस अवधिमा कुल २३ उडान भएको विमानस्थल कार्यालयको तथ्यांकमा उल्लेख छ । अर्कातर्फ, ती देशमा द्वन्द्व चर्किएपछि दैनिक डेढ दर्जन उडान रद्द भइरहेका छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x