इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी: राष्ट्रसङ्घमा इरानको विरोध

संयुक्त राष्ट्रसङ्घका लागि इरानी राजदूत अमिर सइद इरवानीले अमेरिकी सेनाले इरानको सार्वभौमसत्ता उल्लङ्घन गरेको भन्दै त्यसको निन्दा गर्नुभयो। राष्ट्रसङ्घका महासचिव र सुरक्षा परिषद्का अध्यक्षलाई पत्र लेख्दै उहाँले अमेरिकाको यो कदमले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्तिमा खतरा पैदा गरेको उल्लेख गर्नुभयो। गत अप्रिल १२ मा अमेरिकी सैन्य कमान्डले गरेको नाकाबन्दीको घोषणाले राष्ट्रसङ्घको नियम र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको इरानको तर्क छ।

राजदूत इरवानीले इरानी बन्दरगाहमा हुने समुद्री व्यापार रोक्ने अमेरिकी प्रयासले अरु देशहरूको व्यापारिक अधिकारमा पनि बाधा पुगेको बताउनुभयो। इरानले अमेरिकाको यो कार्यलाई अवैध भन्दै आफ्नो देश र राष्ट्रिय हितको रक्षा गर्न इरानसँग पूर्ण अधिकार रहेको प्रष्ट पारेको छ। यसबाट उत्पन्न हुने कुनै पनि परिणामको जिम्मेवार अमेरिका नै हुनुपर्ने चेतावनी पनि इरानले दिएको छ। इरानी दूतले संयुक्त राष्ट्र सङ्घलाई तत्काल यस विषयमा हस्तक्षेप गर्न र नाकाबन्दी रोक्नका लागि कदम चाल्न आग्रह गर्नुभयो।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि मध्य–पूर्वमा कम्तीमा १५ वटा अमेरिकी लडाकु जहाजहरू तैनाथ गरिएको सिएनएनले जनाएको छ। यी जहाजहरूले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी गर्न सक्ने सम्भावना रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। यसअघि पाकिस्तानमा भएको वार्तामा कुनै सहमति हुन नसकेपछि अमेरिकाले इरानविरुद्ध यस्तो कडा कदम चालेको बुझिएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x