धनुषा १ मा नेकपाका मातृका प्रसाद यादव निर्वाचित

काठमाडौँ । धनुषा क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका मातृका प्रसाद यादव निर्वाचित भएका छन्। उनले १० हजार ४३० मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राम पलटन साहले ९ हजार ५०२ मत ल्याए। नेकपा एमालेका रामचन्द्र मण्डलले ९ हजार ३१५ मत पाएका छन्।

यस क्षेत्रमा रास्वपाबाट उम्मेदवारी दिएका किशोरी साह कमलको उम्मेदवारी खारेज भएको थियो। मतदानअघि मौन अवधि सुरु भएकै दिन फागुन १९ गते आयोगले उजुरीका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलको उम्मेदवारी खारेज गरेको थियो।

सोही दिन साहले आयोगको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उम्मेदवारी खारेजसम्बन्धी विषय सर्वोच्चमा विचाराधीन रहेको भन्दै अन्तिम आदेश नआएसम्म मत परिणाम सार्वजनिक गर्न आयोगले निर्देशन दिएको थियो।

त्यसैगरी सर्वोच्च अदालतले कमलको उम्मेदवारी खारेज गर्नुको कारण आज सोधेको थियो। न्यायाधीश नृपध्वज निरौलाको सोमबारको एकल इजलासले निर्वाचन आयोगलगायतका विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x