महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर, १ चैतमा सुनुवाइ

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको उक्त मुद्दाको सुनुवाइ आगामी १ चैत आइतबारका लागि तोकिएको छ ।

अधिवक्ता लवन न्यौपानेले बस्नेतले दिएको सार्वजनिक अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

गत ११ माघमा प्रेस चौतारी नेपालले आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रममा बस्नेतले न्यायपालिकासम्बन्धी टिप्पणी गरेका थिए । रिट निवेदनमा उल्लेख गरिएअनुसार उनले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरू विभिन्न कारणले जिम्मेवारीबाट पन्छिने, दबाबमा पर्ने, प्रक्रिया ढिला गर्ने वा फोन अफ गरेर बस्ने जस्ता अभिव्यक्ति दिएका थिए ।

त्यसैगरी बस्नेतले नेपाल वैदेशिक आक्रमणको अवस्थामा रहेको दाबी गर्दै सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत मात्र नभई समग्र न्याय प्रणाली नै कमजोर अवस्थामा पुगेको टिप्पणी गरेका थिए । उक्त अभिव्यक्तिले अदालतप्रति सार्वजनिक रूपमा अवमाननापूर्ण व्यवहार भएको दाबी रिट निवेदनमा गरिएको छ ।

रिट निवेदक न्यौपानेले बस्नेतमाथि अदालतको अवहेलनामा कारबाही चलाइ हदैसम्मको सजाय गरियोस् भनी माग गर्दै निष्पक्ष न्यायालयको सर्वोच्चता कायम गर्न आग्रह गरेका छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x