नेपालमा सामुदायिक विकासका लागि भारत सरकारको सात योजना सम्झौता

काठमाडौँ । भारत सरकारले नेपालका विभिन्न स्थानीय तहमा सामुदायिक विकासका सातवटा परियोजना कार्यान्वयन गर्ने भएको छ। यस सम्बन्धी समझदारीपत्रमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँस्थित भारतीय राजदूतावासबीच हस्ताक्षर भएको हो।

सम्झौता अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका–२ र तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा कोल्ड स्टोर निर्माण हुनेछ। मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा जनबल माध्यमिक विद्यालयको भवन, छात्रावास र चमेनागृह निर्माण गरिनेछ।

कैलालीको गौरीगङ्गा नगरपालिका–११ मा कालिका प्राथमिक विद्यालयको भवन, रौतहटको परोहा नगरपालिका–४ मा प्रसूति केन्द्र, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा कस्तुरी माध्यमिक विद्यालय तथा बाँकेको खजुरा गाउँपालिका–४ मा जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरिनेछ। यी आयोजनाहरू नेपाल–भारत विकास सहकार्य अन्तर्गत सञ्चालन गरिने जनाइएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x