काठमाडौँ । वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ परेका जनआस्थाका सम्पादक किशोर श्रेष्ठमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले तीन दिनको म्याद थप गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार अदालतले बुधबार श्रेष्ठलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
प्रहरीले वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित श्रेष्ठको निवासबाट पक्राउ गरेको थियो।
प्रहरीका अनुसार अदालतबाट म्याद थप भएसँगै घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइनेछ।
Continue using AI Cursor?Keep it onTurn Off








