डोल्पामा नेकपाका बुढा विजयी

कर्णाली। डोल्पाको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धनबहादुर बुढा विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लङ्कबहादुर रोकायलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।

बुढाले कूल ६ हजार ८०२ मत प्राप्त गर्दै रोकायलाई १ हजार ४०६ मतले पछि पारे। रोकायले ५ हजार ३९६ मत प्राप्त गरे। मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले सोमबार साँझ सार्वजनिक गरेको नतिजाअनुसार नेपाली कांग्रेसका कर्णबहादुर बुढाले २ हजार ९४७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवसिंह ऐडीले १८१ मत पाए।

डोल्पामा ९ दलका उम्मेदवार चुनावी मैदानमा रहे पनि मुख्य प्रतिस्पर्धा नेकपा र एमालेबीच नै देखिएको थियो। यस निर्वाचन क्षेत्रमा कूल २५ हजार पाँच सय मतदाता रहेकामा १६ हजार ४३७ जनाले मतदान गरेका थिए।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x