नेप्से परिसूचक १४.२१ अङ्कले बढ्यो, दैनिक कारोबार रु १३ अर्ब नाघ्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज परिसूचक १४.२१ अङ्कले बढेर २,९५०.१६ विन्दुमा पुगेको छ।

नेप्सेका अनुसार आज ३४३ कम्पनीको ३ करोड ४ लाख ३८ हजार ३१५ कित्ता शेयर १ लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा कुल १३ अर्ब १६ करोड २२ लाख ९९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आजको कारोबारमा अधिकांश समूहको उपसूचक बढेको छ। होटल तथा पर्यटन र जलविद्युत् समूह सबैभन्दा धेरै १.५६ प्रतिशतले बढेका छन् भने उत्पादन तथा प्रशोधन समूह १.५० प्रतिशतले बढेको छ। यसैगरी अन्य समूह ०.६५, लगानी समूह ०.५१, निर्जीवन बिमा ०.४३, बैंकिङ ०.३७, लघुवित्त ०.२० र वित्त समूह ०.१७ प्रतिशतले बढेका छन्। घट्नेमा व्यापार समूह २.८४ प्रतिशतले घटेको छ भने जीवन बिमा ०.०४ र विकास बैंक ०.०५ प्रतिशतले ओरालो लागेका छन्।

आज रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र होटल फरेन्ट इन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७.४८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु ९४ करोड २९ लाख ८० हजार बराबरको शेयर किनबेच भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको १४ लाख ८३ हजार ३३१ कित्ता शेयर कारोबार भएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x