रास्वपाको सचिवालय विस्तार, रिक्त पदमा पदाधिकारी र नौ केन्द्रीय सदस्य मनोनीत

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीमा रिक्त रहेका केही पदाधिकारी तथा केन्द्रीय सदस्यको पदपूर्ति गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न पदमा नयाँ जिम्मेवारी तोक्नुका साथै केन्द्रीय समिति सचिवालयसमेत विस्तार गरेको हो।

बैठकले डा. मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष, पुरुषोत्तम यादवलाई सहमहामन्त्री, पूर्वमन्त्री जगदीश खरेललाई प्रवक्ता तथा ननिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ताको जिम्मेवारी दिएको छ। पार्टीमा उपसभापति, महामन्त्री र एक सहमहामन्त्रीको पद भने अझै रिक्त रहेको छ।

रास्वपाले केन्द्रीय समिति सचिवालय पनि विस्तार गरेको छ। विस्तारित सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा समावेश छन्। यसअघि १३ साउनमा बसेको केन्द्रीय समिति बैठकले पाँच जनालाई सचिवालय सदस्य बनाएको थियो। रास्वपाको विधानले सभापतिलाई बढीमा ३३ जना सचिवालय सदस्य मनोनीत गर्ने अधिकार दिएको छ।

बैठकले नौ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ, जसमा सुनिल लाम्साल, भूपदेव शाह, सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, भक्तबहादुर राई, बसुमाया तामाङ र सुरेन्द्र चौधरी रहेका छन्।

नयाँ जिम्मेवारीसँगै पार्टीको संगठनात्मक संरचना थप विस्तार गरिएको र रिक्त पदमा पदाधिकारी चयन गरिएको रास्वपाले जनाएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x