विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले विभिन्न मुलुकमा कार्यरत १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावका आधारमा उक्त निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले विदेशस्थित अनररी कन्सुलर जनरल तथा कन्सुलरको जिम्मेवारीमा रहेका १५ जनालाई पदमुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए।

सरकारले पदमुक्त गरिएका व्यक्तिहरूको नाम तथा उनीहरू कार्यरत रहेका मुलुकबारे भने औपचारिक विवरण सार्वजनिक गरेको छैन। परराष्ट्र मन्त्रालयको प्रस्ताव अनुसार गरिएको यो निर्णयसँग सम्बन्धित थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x