देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान, गृहको सुरक्षा योजना पूर्ण सफल: प्रवक्ता काफ्ले

काठमाडौँ । गृह मन्त्रालयले देशभर शान्तिपूर्ण, सुरक्षित र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको जनाएको छ ।

विगतका निर्वाचनका अनुभव र वर्तमानको फरक परिवेशलाई सूक्ष्म रूपमा मूल्याङ्कन गरी तयार पारिएको एकीकृत सुरक्षा योजना पूर्ण रूपमा सफल भएको मन्त्रालयले दाबी गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले निर्वाचन पूर्वको अवस्थालाई शान्तिपूर्ण रूपमा सम्पन्न गरी आज मतदानको दिनसम्म आइपुग्दा सुरक्षा व्यवस्था अत्यन्तै चुस्त देखिएको बताए ।

केही स्थानमा व्यवस्थापकीय वा अन्य कारणले मतदानमा सामान्य अवरोध आएपनि तत्काल समाधान गरिएको मन्त्रालयले जनाएको छ । दोलखाको एउटा मतदान केन्द्रमा लामो समयदेखि अवरुद्ध भएको मतदान कार्य जिल्ला सुरक्षा समिति, राजनीतिक दल र सुरक्षाकर्मीको समन्वयमा पुनः सुचारु भइसकेको उनले दाबी गरे ।

उनले भने ‘हामीले बनाएको एकीकृत सुरक्षा योजनाअनुसार नै सुरक्षाकर्मीहरू परिचालित हुनुभएको छ । अहिलेसम्मको अवस्था हेर्दा एकदमै शान्तिपूर्ण र मतदाताले उत्साहपूर्वक मतदान गरिरहनुभएको छ ।’

निर्वाचनमा उम्मेदवार, मतदाता, सञ्चारकर्मी र पर्यवेक्षक लगायत सबैको सुरक्षाका लागि ‘माइक्रो तह’ बाटै सुरक्षाकर्मीको तैनाथी गरिएको उनले बताए ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x