चितवन। पृथ्वीराजमार्गको कृष्णभीरमा सडक भासिएपछि सो राजमार्ग अवरुद्ध भएको चितवनका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिएका छन्। सडक भासिएपछि चितवनतर्फबाट पृथ्वीराजमार्गतर्फ गुड्ने सवारीसाधनलाई सुरक्षित स्थानमा रोकिएको भट्टले बताए।
भट्टका अनुसार भोटेकोशी नदीमा पुनः बाढी आएको खबर फैलिएसँगै बिहान ४ बजेपछि सडकमा सवारी आवागमन रोकिएको थियो। पछि ७ बजेदेखि सडक खुलेको भए पनि हाल पुनः सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।








