संयुक्त राष्ट्र सुरक्षा परिषद्‌मा व्यापक सुधार गर्न भारतको जोड

न्युयोर्क ।  संयुक्त राष्ट्र संघका लागि भारतकी उपस्थायी प्रतिनिधि राजदूत योजना पटेलले संयुक्त राष्ट्र सुरक्षा परिषद् (UNSC) मा तत्काल र व्यापक सुधार हुनुपर्नेमा जोड दिएकी छन्। सन् १९४५ को तुलनामा राष्ट्रसंघका सदस्यहरू चार गुणाले बढेकाले ८० वर्षअघिको परिस्थिति अनुसार बनेको निकायले वर्तमान विश्वको प्रतिनिधित्व गर्न नसक्ने बताउँदै उनले स्पष्ट समयसीमासहितको वार्तामार्फत स्थायी र अस्थायी दुवै श्रेणीको सदस्य संख्या विस्तार गरिनुपर्ने बताएकी हुन्।

विशेष गरी विकासोन्मुख देशहरू (ग्लोबल साउथ) को उचित प्रतिनिधित्व हुनुपर्ने धारणा राख्दै भारतले शान्ति मिसनमा सेना तथा प्रहरी पठाउने देशहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने, गैर-स्थायी सदस्यहरूलाई दस्तावेजहरूमा समान पहुँच दिइनुपर्ने र आतंकवादविरुद्धको प्रयासलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुने स्पष्ट पारेको छ। यसबाहेक सुरक्षा परिषद्‌का सहायक निकायहरूको अध्यक्ष चयनमा हुने ढिलाइ अन्त्य गर्न र साधारण सभासँगको समन्वयलाई थप मजबुत बनाउन पनि भारतले आह्वान गरेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x