अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई रुसी आकाश प्रयोग नगर्न जेलेन्स्कीको चेतावनी

किभ । युक्रेनले रुसी भूभागभित्र ड्रोन कारबाही व्यापक रूपमा विस्तार गरेपछि अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीहरूलाई रुसी हवाई क्षेत्रको प्रयोग नगर्न चेतावनी दिइएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सीमापार सैन्य तथा पूर्वाधार लक्षित ड्रोन आक्रमणहरू तीव्र पारिएकाले सम्भावित जोखिमबाट बच्न वायुसेवा कम्पनीहरूलाई रुसी आकाशमार्ग प्रयोग नगर्न आग्रह गरेका हुन्।

युक्रेनले पछिल्ला दिनहरूमा रुसका तेल प्रशोधन केन्द्र, सैन्य हवाई अड्डा र ऊर्जा पूर्वाधारहरूलाई निशाना बनाएर लामो दूरीका ड्रोनहरू प्रहार गर्दै आएको छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार रुसी हवाई रक्षा प्रणालीले युक्रेनी ड्रोनहरूलाई खसाल्ने क्रममा तथा युक्रेनका तर्फबाट हुने सम्भावित सैन्य कारबाहीका कारण रुसी आकाशमा उडान सुरक्षा जोखिम उच्च बनेको छ। किभको यो कदमले मस्कोमाथि थप आर्थिक र प्राविधिक दबाब सिर्जना गर्ने तथा रुस जाने वा रुसी आकाश भएर उड्ने अन्तर्राष्ट्रिय उडानहरूलाई प्रभावित पार्ने लक्ष्य राखेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x