इबोला महामारी: कङ्गोमा २,३०० भन्दा बढीको मृत्यु, डब्लुएचओद्वारा चेतावनी

जेनेभा । काङ्गो प्रजातान्त्रिक गणतन्त्र (डिआरसी) मा फैलिएको इबोला महामारी हालसम्मकै तीव्र गतिमा विस्तार भइरहेको र यो नियन्त्रणभन्दा धेरै टाढा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चेतावनी दिएको छ। मङ्गलवार आयोजित एक आपत्कालीन बैठकलाई सम्बोधन गर्दै डब्लुएचओका महानिर्देशक टेड्रोस एधनाम गेब्रेयससले महामारी नियन्त्रणभन्दा धेरै अगाडि बढिसकेको स्वीकारेका छन्। कङ्गो सरकारले अघिल्लो दिन सार्वजनिक गरेको तथ्याङ्क अनुसार करिब ५,००० सङ्क्रमितमध्ये २,३०० भन्दा बढीको मृत्यु भइसकेको छ, जसले यसलाई देशको इतिहासकै सबैभन्दा घातक इबोला प्रकोप बनाएको छ। गत मे १५ मा औपचारिक घोषणा गरिएको देशको १७औँ इबोला महामारी घोषणा हुनुअघि नै हप्तौँदेखि फैलिरहेको अनुमान गरिएको छ। कमजोर स्वास्थ्य पूर्वाधार र दशकौँदेखि सक्रिय सशस्त्र समूहहरूको प्रभाव रहेका उत्तरी तथा पूर्वी क्षेत्रहरू यसबाट बढी प्रभावित भएका छन्।

डब्लुएचओले मे १७ मा यस प्रकोपलाई ‘अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपत्काल’ घोषणा गरेपछि मङ्गलवार दोस्रो आपत्कालीन बैठक बसेको हो। हाल डब्लुएचओले यसको जोखिम स्तर कङ्गोभित्र “अत्यन्त उच्च”, छिमेकी मुलुक युगान्डालगायत सीमावर्ती क्षेत्रमा “उच्च” र बाँकी अफ्रिका तथा विश्वका लागि “निम्न” रहेको मूल्याङ्कन गरेको छ। दक्षिण सुडानको सीमा नजिकका क्षेत्रहरूसहित कङ्गोका छ वटा प्रान्त र छिमेकी युगान्डामा समेत सङ्क्रमण पुष्टि भइसकेकाले यसको अन्तर्राष्ट्रिय फैलावटको जोखिम उच्च रहेको महानिर्देशक टेड्रोसले बताएका छन्। यसअघि सन् २०१८-२०२० को प्रकोपमा २,२९९ जनाको मृत्यु भएको थियो भने इतिहासकै सबैभन्दा घातक सन् २०१३-२०१६ को पश्चिम अफ्रिकी इबोला महामारीमा ११,३०० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x