दिल्लीमा बहुतले भवन भत्किँदा सात जनाको मृत्यु: भग्नावशेषबाट उद्धार कार्य जारी

नवी दिल्ली । भारतको राजधानी नवी दिल्लीमा एक बहुतले भवन भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। दुर्घटनापछि उद्धारकर्ताहरूले भग्नावशेष पन्छाएर च्यापिएका मानिसहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिरहेका छन्।

भारतीय प्रहरी र प्रकोप व्यवस्थापन टोली (NDRF) ले भग्नावशेषबाट सात जनाको शव निकालेको पुष्टि गरेको छ भने अन्य धेरै घाइतेहरूलाई जीवितै उद्धार गरी नजिकैका अस्पतालहरूमा पठाइएको छ। कमजोर संरचना वा निर्माण मापदण्ड विपरीत बनाइएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

अझै पनि भग्नावशेषभित्र केही मानिसहरू थुनिएको हुनसक्ने आशङ्कामा भारी मेसिनरी र खोजी कुकुरहरूको प्रयोग गरी उद्धार कार्य जारी राखिएको छ। स्थानीय प्रशासनले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x