विद्युत् आपूर्ति सुधारमा जोड : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् आपूर्तिको गुणस्तर र निरन्तरता कायम गर्न वितरण प्रणालीको सुधारलाई तीव्रता दिइएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै श्रेष्ठले काठमाडौं उपत्यका तथा प्रमुख सहरमा स्मार्ट मिटरिङ र सबस्टेसन अटोमेसन विस्तार भइरहेको जानकारी दिए। बढ्दो विद्युत् माग व्यवस्थापनका लागि नयाँ सबस्टेसन निर्माण तथा प्रसारण र वितरण लाइनको क्षमता विस्तार र स्तरोन्नतिको काम अघि बढाइएको उनले बताए।

औद्योगिक क्षेत्रमा भोल्टेजको उतारचढाव र विद्युत् अवरोध घटाउन डेडिकेटेड फिडरसहितका पूर्वाधार सुधार भइरहेको मन्त्री श्रेष्ठले जानकारी दिए। पुराना तथा न्यून क्षमताका संरचना र बढ्दो विद्युत् खपतका कारण केही क्षेत्रमा ट्रिपिङ तथा विद्युत् अवरोधको समस्या देखिएको उनको भनाइ छ।

उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बङ्गलादेशमा विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको थियो भने करिब १० अर्ब ५५ करोड रुपैयाँको विद्युत् आयातसमेत गरेको थियो। वर्षायाममा उत्पादन बढ्ने र सुक्खायाममा उत्पादन घट्ने नदीप्रवाही जलविद्युत् प्रणालीका कारण यस्तो अवस्था रहेको उनले स्पष्ट पारे।

भोल्टेज उतारचढाव, ट्रिपिङ र ट्रान्सफर्मरको समस्याबारे अध्ययन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल विद्युत् प्राधिकरणलाई पठाइएको मन्त्रालयले जनाएको छ। विद्युत् सम्बन्धी गुनासोका लागि मन्त्रालयको ११५१ र प्राधिकरणको ११५० हटलाइन सञ्चालनमा रहेको पनि मन्त्री श्रेष्ठले जानकारी दिए।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x