करण केसीलाई क्यानले गर्‍यो कारबाही

काठमाडौं । खेलभावनाविपरीत अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा परेका छन् । नेपाल क्रिकेट संघ क्यानले उनलाई कारबाही गरेको हो ।

केसीलाई कारबाहीस्वरुप एक खेलमा प्रतिबन्ध लगाउने र खेलको फि पनि नदिने निर्णय भएको हो ।

केसीले शनिबार फेसबुकमा ‘कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ ?’ भन्दै प्रश्न गरेका थिए । केही समयमै उनले उक्त स्टाटस हटाएर माफी मागिसकेका थिए ।

करणले माफी मागे पनि क्यानले कारबाहीको निर्णय लिएको हो ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x