किभमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण: १४ जनाको मृत्यु, २२ घाइते

किभ  रुसले युक्रेनको राजधानी किभमा गरेको पछिल्लो ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन्। युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार किभका आवासीय तथा व्यापारिक क्षेत्रहरूलाई लक्षित गरी यो भयानक आक्रमण गरिएको हो।

किभ सैन्य प्रशासनका अनुसार रुसले रातको समयमा अचानक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। आक्रमणका कारण कैयौँ आवासीय भवन, सवारी साधन र सार्वजनिक संरचनाहरूमा भीषण आगलागी हुनुका साथै ठूलो क्षति पुगेको छ।

स्थानीय उद्धार टोलीहरूले भग्नावशेषमा फसेका मानिसहरूको उद्धार गरिरहेका छन्। घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यस आक्रमणको कडा शब्दमा भर्त्सना गर्दै रुसले वार्ताको माध्यम छाडेर सर्वसाधारणमाथि निरन्तर आतङ्क फैलाउने बाटो रोजेको आरोप लगाएका छन्। उनले युक्रेनको आकाश सुरक्षित राख्न र ब्यालिस्टिक क्षेप्यास्त्रहरू विफल पार्न पश्चिमी मित्रराष्ट्रहरूसँग थप ‘प्याट्रिओट’ (Patriot) हवाई रक्षा प्रणाली तत्काल उपलब्ध गराउन पुनः अपिल गरेका छन्।

रुस र युक्रेनबीच जारी द्वन्द्वका क्रममा पछिल्लो समय किभलाई लक्षित गरी रुसले क्षेप्यास्त्र तथा ड्रोन आक्रमणलाई तीव्र बनाएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x