पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १३ चैत — हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका विभिन्न भू–भागमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेशका पहाडी र हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा अधिकांश बदली रहनेछ भने पहाडी क्षेत्रमा साधारणतया बदली र तराईमा आंशिक बदली हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका धेरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति हिमाली भागमा अधिकांश बदली रहनेछ। कोशी र मधेश प्रदेशसहित पहाडी भागमा साधारणतया बदली हुनेछ भने तराईमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसमको यस अवस्थालाई दृष्टिगत गर्दै महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा हुनसक्ने वर्षा, हिमपात र हुरीबाट सतर्क रहन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, पछिल्लो मौसमसम्बन्धी जानकारी लिनसमेत महाशाखाले अनुरोध गरेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x