सगरमाथा १० पटक आरोहण गरेका सांसद मिङ्मा शेर्पालाई संघीय संसदद्वारा सम्मान

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा १० पटक सफल आरोहण गरेका प्रतिनिधि सभा सदस्य मिङ्मा ग्याबु शेर्पा सम्मानित भएका छन्। संघीय संसद सचिवालयले सिंहदरबारमा आयोजना गरेको विशेष कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा उपसभामुखको उपस्थितिमा शेर्पालाई औपचारिक रूपमा सम्मान गरिएको सचिवालयले जनाएको छ। सम्मान कार्यक्रममा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले संयुक्त रूपमा उनलाई सम्मान गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणालीमार्फत सांसद बनेका शेर्पा ‘मिङ्मा डेभिड’ नामले समेत परिचित छन्।

सम्मान ग्रहणपछि उनले पर्वतारोहण आफ्नो लागि नयाँ वा अनौठो अनुभव नभएको उल्लेख गर्दै लामो समयदेखि हिमाल आरोहणमा सक्रिय रहेको धारणा राखे। उनका अनुसार उनले हालसम्म सगरमाथामा १० पटक आरोहण गरिसकेका छन् भने ८ हजार मिटरभन्दा अग्ला हिमालहरू ३६ पटक सफलतापूर्वक चढेका छन्। समग्रमा उनले विश्वभरका करिब ७० वटा हिमाल आरोहण गरेको विवरण पनि सार्वजनिक गरेका छन्।

पछिल्लो पटक उनी जेठ १३ गते बिहान ५:४० बजे सगरमाथाको चुचुरोमा पुगेका थिए। उक्त आरोहणका क्रममा उनले संसद सचिवालयको झण्डा र प्रतीक चिन्हसमेत शिखरमा पुर्‍याएका थिए।

३७ वर्ष उमेरका शेर्पाले विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण पूरा गर्ने सबैभन्दा कम उमेरका आरोहीको कीर्तिमानसमेत कायम गरेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x